‘लम्फू’ ट्रेलर रिलिज

‘लम्फू’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘लम्फू’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा प्रेसमिट गरि निर्माण पक्षले यसको ट्रेलर सार्वजनिक गर्यो ।

एक युवाको जीवनमा नचाहेरै आउने उतारचढावलाई मुख्य बिषयबस्तु बनाएको सिनेमालाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । सिनेमामा  कविर खड्का, मरिष्का पोखरेल, कुशुम श्रेष्ठ (तरकारीवाली), चाँदनी शर्मा, सञ्जित भण्डारी, सलोन वस्नेत, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय छ ।

बैशाख २८ गते रिलिज हुने सिनेमालाई  पपुलर मल्टीमीडियाको व्यानरमा शक्तिबल्दव घोरासैनीले निर्माण गरेका हुन । ‘लम्फू’मा भूपतिको लेखन रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन र पुनम गौतमले कस्ट्युम डिजाईन रहेको छ ।