सुको नभएनी बिन्दास सलोन र कबिर !

सुको नभएनी बिन्दास सलोन र कबिर !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘लम्फू’मा समावेश डान्सिङ नम्बर सार्वजनिक गरिएको छ । ‘सुको नहोस् यार’ बोलको गीतमा यस अघि नै कभर भिडियो प्रतियोगिता आव्हान गरिसकेको छ ।

अर्जुन पोखरेलको संगीत, प्रमोद ढुंगानाको स्वर र शिव परियारको स्वर समावेश गीतमा अभिनेता सलोन बस्नेत र नवकलाकार कबिर खड्का फिचरिङ छन् । भने, शिव बिकले कोरियोग्राफी भरेका छन् ।

गोपालचन्द्र लामिछानेको निर्देशित ‘लम्फू’मा सलोन र कबिरका अलावा मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । सिनेमामा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको सिनेमामा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन, हरि सिलवाल सम्पादन. पुनम गौतमको कस्ट्युम डिजाईन, रामजी लामिछाने/शिव बिकको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत रहेको छ । सिनेमा बैशाख २८ मा अलनेपाल रिलिज हुदैछ ।