लम्फू: स्याड भर्सन गीत रिलिज

लम्फू: स्याड भर्सन गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कबिर खड्का र मरिश्का पोखरेल फिचर्ड ‘तिमीलाई भुलेर…’ बोलको गीत सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको गीत बैशाख २८ मा रिलिज हुने सिनेमा ‘लम्फू’मा समावेश छ ।

युवराज सापकोटाको शब्द र अर्जुन पोखरेलद्वारा संगीत गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । निर्देशक गोपालचन्द्र लामिछानेले बताए अनुसार पर्दामा यो गीत बज्दा दर्शक भावुक हुनेछन ।

एक युवाको जीवनमा आइपर्ने विभिन्न उतारचढावलाई मुख्य विषयबस्तु बनाएको सिनेमामा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको पनि अभिनय छ ।

 पपुलर मल्टीमीडियाको व्यानरमा शक्तिबल्दव घोरासैनीले निर्माण गरेका हुन । ‘लम्फू’मा भूपतिको लेखन रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन र पुनम गौतमले कस्ट्युम डिजाईन रहेको छ ।