आमिर खानका (ईश्वर)काकाको निधन !

आमिर खानका (ईश्वर)काकाको निधन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता श्रीवल्लभ व्यासको जयपुरस्थित एक अस्पतालमा निधन भएको छ । सन् २००८ बाट उच्च रक्तचाप र प्यारालाइसिसको शिकार रहेका व्यासले आइतबार विहान साढे नौं प्राण त्यागेको पारिवारिक स्रोतले बताएको छ । उनले ६० वर्षको उमेरमा प्राण त्यागेका हुन् ।

५० भन्दा बढी सिनेमामा अभिनय गरिसकेका व्यासले सिनेमा ‘लगान’मा आमिर खानको (ईश्वर)काकाको भूमिका निर्वाह गरेका थिए । २००८ मा एक गुजराती सिनेमाको छायाँकन सेटमा विरामी परेका व्यासले बाँकी १० वर्ष अस्वस्थ रुपमै कटाउनु पर्यो । पछिल्लो दुई वर्ष देखि व्यास पत्नी र बच्चासँगै जयपुरमै बस्दै आईरहेका थिए ।

१० वर्ष विरामी हुँदा व्यास र उनको परिवारले निक्कै कष्ट झेल्नुपरेको बलिउड मिडियाहरुले लेखेका छन् । आर्थिक समस्याका कारण व्यासले थुप्रै पटक भाडाको कोठा बदल्नु परेको थियो । उक्त मुस्किल परिस्थितिमा आमिर खानले उनलाई आर्थिक सहयोग पनि गरेका थिए ।