‘लालटिन’ ट्रेलरमा डन दया र बोल्ड प्रियंका (भिडियो)

‘लालटिन’ ट्रेलरमा डन दया र बोल्ड प्रियंका (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । जेठ २६ गते प्रदर्शन हुने फिल्म ‘लालटिन’को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा रोमान्स, खुसि, पिडा र एक्सन दृश्य समावेश छन् । ट्रेलरमा दयाहाङ राई डनको भूमिकामा देखिएका छन् ।

भानु प्रतापको प्रस्तुतीमा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, दयाहाङ राई, अर्जुनजंग शाही, ए गुरुङ, शिशिर भण्डारी, मेलिना मानन्धर, केकी अधिकारी, भानु प्रताप लगायतका कलाकारको अभिनय छ ।

यसअघि सार्वजनिक भएको ‘चमेली’ आइटम गीतले चर्चा पाईसकेको छ । ‘लालटिन’मा संगीत किरण माइकल, धिरज पौडेल र किरण ढकालको छ, भने द्वन्द निर्देशन रोशन श्रेष्ठले गरेका छन् । हरिघले लामाले खिचेको फिल्मलाई अर्जुन जिसी र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।