‘कुटुमा कुटु’लाई ५० लाख भ्यु, युट्युबमा राख्यो यस्तो रेकर्ड !

‘कुटुमा कुटु’लाई ५० लाख भ्यु, युट्युबमा राख्यो यस्तो रेकर्ड !

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ४ साता अगाडी सार्वजनिक गरिएको ‘कुटुमा कुटु’ बोलको गीतले युट्युबमा ५० लाख भ्युअर पाएको छ । यो बर्षको सर्वाधिक हिट गीतले विश्व संगीत दिवसको अवसरमा ५० लाख भ्यु क्रस गर्यो ।

असिम शाह निर्देशित सिनेमा ‘दुई रुपैयाँ’मा समावेश गीतलाई पछिल्लो समय दर्शकले अत्याधिक रुचाएका छन् । ५० लाख भ्यु पुग्दासम्म यो गीतले एउटा रेकर्ड समेत बनाएको छ । यो रेकर्ड ४० हजार लाइक हो । ५० लाख भ्युमै ४० हजार लाइक पाउने यो सिनेमाको पहिलो गीत हो ।

सर्वाधिक हेरिएको ‘सुर्के थैली’ले समेत अहिलेसम्म ३७ हजार लाइक पाएको छ । जुन गीतलाई करिब २ करोड नजिकको भ्यु प्राप्त भएको छ ।त्यस्तै डेढ करोड भ्यु क्रस गरेको ‘ठमेल’ बजार’लाई ६० हजार लाइक प्राप्त भएको छ ।

राजनराज सिवाकोटीको शब्द/संगीत बनेको यो गीतमा मेलिना राई, राजन इशान र संगीतकार स्वयम्को स्वर समावेश छ ।

पछिल्ला समयमा युट्युबमा हिट गीतहरुको समुहमा यो गीतलाई सर्वाधिक लोकप्रिय मान्न सकिन्छ । अन्य हिट गीत भन्दा पछाडी रिलिज भएको यो गीतले छोटो समयमै ५० लाख भ्यु क्रस गर्न सफल भएको हो ।

केहि बर्ष एता हिट गीतको मापन युट्युबबाट हुने गरेको छ । युट्युबमै हिट गीतलाई उत्कृष्ट मान्न सकिन्छ । त्यसैले पनि हिट गीत ‘कुटुमा कुटु’ले विश्व संगीत दिवसका दिन यो आँकडा पार गर्नुलाई लक्की मान्न सकिन्छ ।

निश्चल बस्नेत, बुद्दी तामाङ, असिफ शाहको मुख्य भूमिका रहेको ‘दुई रुपैयाँ’ भदौ २३ मा रिलिज हुदैछ ।