युट्युबमा क-कसले गरे ह्याट्रिक ! (भिडियो)

युट्युबमा क-कसले गरे ह्याट्रिक ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘दुई रुपैयाँ’मा समावेश ‘कुटु मा कुटु’ बोलको गीत गीतले युट्युबमा १ करोड भ्यु क्रस गर्दै रेकर्ड कायम गरेको छ । यो रेकर्ड सर्वाधिक छिटो १ करोड भ्युको हो ।

यो गीतले डेढ महिना छोटो समयमै १ करोड भ्यु क्रस गरेको हो । यसभन्दा अगाडी ‘ठमेल बजार’ले छोटो समयमै १ करोड भ्यु क्रसको रेकर्ड राखेको थियो । यो गीतले १ करोड भ्यु क्रस गर्दा करिब ६५ हजार लाइक पाएको छ । यो पनि आफैमा रेकर्ड हो । युट्युबमा कुनै पनि सिनेमाका गीतले यति धेरै लाइक पाएका छैनन् ।

साथै संगीतकार राजनराज सिवाकोटीले यो गीतको लोकप्रियतासँगै गायन, संगीत र शब्दको विधामा ह्याट्रिक समेत गरेका छन् । यसअघि ‘पुर्व पश्चिम रेल’ र ‘सुर्के थैली’मा समेत सिवाकोटीको शब्द, संगीत र स्वर समावेश थियो । यी दुई गीतले पनि १ करोड माथिको भ्यु पाएका छन् । यसलाई सिवाकोटीको सफलता मान्न सकिन्छ । र, पछिल्लो समयका सर्वाधिक लोकप्रिय संगीतकार भन्न सकिन्छ ।

त्यस्तै यो गीतको सफलता सँगै कविराज गहतराजले पनि कोरियोग्राफी विधामा ह्याट्रिक गरेका छन् । यसअघि गहतराजद्वारा कोरियोग्राफी गरिएका ‘काले दाई’ र ‘पुर्व पश्चिम’ रेलले करोड भ्यु पार गरिसकेका छन् ।

यसअर्थमा लोक शब्द/संगीतका लागि गहतराज र सिवाकोटीको जोडी कत्तिको जुर्छ भन्ने प्रमाणित हुन्छ ।