”कुम्भ करण’’गीत सार्वजनिक [भिडियो]

”कुम्भ करण’’गीत सार्वजनिक [भिडियो]

द सिनेमा टाइम्स
0
Shares

प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कुम्भ करण’को लोक लयमा तयार पारिएको एक गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘कुटु कुटु’ बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत छ ।गीतमा चलचित्रका मुख्य कलाकारले दोहोरी खेलेको देखाइएको छ ।  भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउ“ले, प्रतिभा क्षेत्री, सद्भाव थापाको यो चलचित्रमा मुख्य भूमिका छ । गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । नेपाली चलचित्रमा यस्ता खालका गीत संगीत हराउ“दै गएको समयमा प्यूठानमा छायांकन गरिएको चलचित्र ‘कुम्भ करण’ले पनि लोकदोहोरी समावेश गरेको छ ।
दीपक वलीले चलचित्रको निर्देशन गरेका हुन् । क्षितिज बस्नेत निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रोम ओली हुन् । आकाश पलको प्रस्तुतीमा तयार भएको यो चलचित्रले एउटा प्राथमिक विद्यालयमा काम गर्ने कर्मचारी र शिक्षिकाविचको लभ चक्करलाई रमाइलो तरिकाले देखाएको छ । चलचित्रमा अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन, हरि लामाको छायांकन, महेश दवाडीको कथा, पटकथा तथा संवाद छ ।