शिक्षिकाको पछि-पछि शिक्षक, ‘कुम्भ करण’ ट्रेलर

शिक्षिकाको पछि-पछि शिक्षक, ‘कुम्भ करण’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दिपक ओली निर्देशित सिनेमा ‘कुम्भ करण’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कमेडी र सस्पेन्सलाई प्राथमिकता दीइएको छ । ओली निर्देशित अर्को सिनेमा ‘पण्डित बाजेको लौरी’को टिजर केहि दिन अगाडी मात्र सार्वजनिक गरिएको थियो । पण्डित र बादी -बदिनीहरुको सम्वन्धलाई मुख्य विषयबस्तु बनाएको सिनेमा अहिले चर्चामा छ ।

निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापा अभिनित सिनेमा एक स्कुले शिक्षिकाको वरिपरि घुमेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका निर्माता चित्रबहादुर घर्तिमगर र क्षितिज बस्नेत हुन् । भने सहनिर्मातामा गिरप्रसाद घर्तिमगर र विजय श्रेष्ठ छन् । त्यस्तै कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल रहेका छन् ।

असार २२ गते रिलिज हुने ‘कुम्भ करण’मा महेश दवाडीको कथा/पटकथा/संवाद, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत छ ।

https://youtu.be/js1TwNzhp1w