‘क्रिस ४’मा यमी गौतम ?

‘क्रिस ४’मा यमी गौतम ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । २०१३ को हिट सिनेमा ‘क्रिस ३’को चौथों फ्रेन्चाइज् बन्ने हल्ला लामो समय देखि चल्दै आईरहेको छ । सिनेमाको मुख्य अभिनेताको रुपमा ऋतिक रोशन फाईनल भैसकेका छन् ।

तर, अभिनेत्रीको मामलालाई सिनेमाका निर्देशक राकेश रोशन कन्फ्युजनमा छन् । यसपालिको सिरिजमा अभिनेत्रीको भूमिका दमदार रहने बताउँछन् । बलिउडमा अहिलेसम्म महिला सुपरहिरोको सिनेमा बनेका छैनन् । त्यसैले रोशनले यसपालि ‘क्रिस ४’मा महिलालाई पनि सुपरहिरोको भूमिकामा देखाउँने प्रयास गर्दैछन ।

अहिले स्क्रिप्टको काम भैरहेको सिनेमाको लागि निर्देशकले दमदार अभिनेत्री खोजि गरिरहेका छन् । अभिनेत्रीको लागि अहिलेसम्म प्रियंका चोपडा र दीपिका पादुकोणको आएको थियो । तर, पछिल्लो जानकारी अनुसार यमी गौतमको नाम सिनेमाको लागि सिफारिस भएको बलिउड मिडियाहरुले लेखेका छन् ।

राकेशले ऋतिक र यमीलाई यस वर्ष रिलिज भएको ‘काबिल’मा प्रस्तुत गरेका थिए । जुन सिनेमा बक्सअफिसमा हिट भएको थियो । के यमीले ‘क्रिस ४’मा स्थान बनाउँलिन त ?