ऋतिकको जन्मदिनमा ‘कृष ४’ रिलिज डेट कम्फर्म

ऋतिकको जन्मदिनमा ‘कृष ४’ रिलिज डेट कम्फर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आज जनवरी १० तारिखका दिन बलिउड अभिनेता ऋतिक रोशनको जन्मदिन परेको छ । उनि आजबाट ४४ वर्षमा टेकेका छन् ।

ऋतिकको जन्मदिनको अवसरमा उनका पिता राकेश रोशनले ‘कृष ४’को रिलिज मिति सार्वजनिक गरेका छन् । राकेशले ट्वीट मार्फत ऋतिकलाई उपहारस्वरूप ‘कृष ४’को रिलिज मिति सार्वजनिक गरेका हुन् ।

 

अहिले प्रिप्रोडक्सनमा रहेको सिनेमा सन् २०२० को क्रिसमसमा रिलिज हुनेछ । सिनेमामा ऋतिक फाईनल भैसकेका छन् । भने, लिड अभिनेत्रीको टुंगो लागिसकेको छैन । ‘कृष ४’लाई राकेशले नै निर्देशन गर्नेछन् ।

राकेश निर्देशित ‘कहो ना प्यार हे’बाटै ऋतिकले बलिउडमा डेब्यु गरेका थिए । त्यसयता राकेशको ‘कोइ मिल गया’ सिरिजमा लगातार ऋतिकले अभिनय गरिरहेका छन् । गत वर्षको सुपरहिट सिनेमा ‘काबिल’मा ऋतिकको अभिनय र राकेशको लगानी थियो ।