‘कृष ४’ मा ऋतिक र प्रियंकाको जोडी फाइनल

‘कृष ४’ मा ऋतिक र प्रियंकाको जोडी फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – हलिउड गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी बलिउड नायिका प्रियंका चोपडा एक पटक फेरी बलिउडमा चर्चामा आएकी छिन् । प्रियंका चोपडा अहिले उनी इन्टरनेसनल स्टार बनिसकेकी छन् । उनी बलिउड र हलिउडमा उतिकै जमिरहेकी छन् । यद्यपी प्रिसंका बलिउडबाट पनि टाढा हुन चाहान्नन् ।

अन्तिम समयमा आएर ‘भारत’ छोडेर प्रियंका चोपडाले हलिउड सिनेमा साइन गरेकी थिइन् । हलिउड सिनेमा साइन गरे पश्चात उनले बलिउडलाई प्राथमिकता नदिएको भन्दै आलोचना भयो । र यहि बिचमा उनले हलिउड गायकसँग इन्गेजमेन्ट पनि गरिसकेकी छन् ।

बलिउड मिडियाका अनुसार अहिले अर्को ताजा खबर बाहिरीएको छ । प्रियंकाले नयाँ सिनेमा साइन गरेकी छन् । यो सिनेमा हो ऋतिक रोशन स्टारर ‘कृष ४’ । यो ब्राण्डका अघिल्ला सिक्वेलहरुमा ऋतिक रोशनले प्रियंकाको जोडी भएर काम गरिसकेकी छन् । तर, यसपाली निर्देशक राकेश रोशनलाई प्रियंकाले आफ्नो सिनेमा खेल्दिनन् कि भन्ने आशंका थियो । सलमानको सिनेमा समेत छोडेकी नायिकाले आफ्नो फिल्म खेल्लिन् भन्नेमा उनी विश्वस्त थिएनन् ।

तैपनि राकेशले अफर गरी हेरे । उनको अनुमान विपरित प्रियंकाले तत्कालै सिनेमा खेल्न सहमति जनाइन् । जबकि उनले स्किृप्ट पनि हेरेकी छैनन् । कृष नायकप्रधान सिनेमा भएकाले नायिकाको रोल खासै बलियो हुँदैन । तैपनि प्रियंका सिनेमा खेल्न तयार भएपछि राकेश गदगद बनेका छन् ।