छायांकन अगावै ‘कृ’को लगानी सुरक्षित,प्रदर्शन मितिमा हेरफेर

छायांकन अगावै ‘कृ’को लगानी सुरक्षित,प्रदर्शन मितिमा हेरफेर

द सिनेमा टाइम्स
0
Shares

नायक अनमोल केसीको मुख्य भूमिका रहने चलचित्र‘कृ’को छायांकन नै सुरु भएको छैन । तर, यो चलचित्रले आफ्नो लगानी सुरक्षित गरेको निर्माता सुवास गिरी बताउ“छन् ।चलचित्र १ करोड ६० लाखको बजेटमा निर्माण हु“दैछ । तर, छायांकनमा जानु अगाडि नै यसको ओभरसिज राइट्स र काठमाण्डौ बाहिरको ‘एमजी’बाट यसको लगानी सुरक्षित भएको हो ।हाइलाइट्स नेपालले यसको डिजिटल र ओभरसिज राइट्स खरिद गरिसकेको छ भने काठमाण्डौ बाहिर पनि चलचित्रले महंगो रकम ‘एमजी’ पाएको छ ।यसैविच, चलचित्रको प्रदर्शन मिति पनि एक साता अगाडि सरेको छ । यस अगाडि आउ“दो बर्षको भदौ १६ गतेबाट यो चलचित्र रिलिज हुने बताइएको थियो । तर, अब यो चलचित्र आउ“दो बर्षको भदौ ९ गतेबाट रिलिज हुने भएको छ ।चलचित्रमा सुवास गिरी र नायक भूवन केसी निर्माताको रुपमा छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह–निर्माता हुन् । चलचित्रमा अनमोलस“गै नायिका अदिती वुढाथोकीले अभिनय गर्नेछिन् । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।