अन्तत: पछाडी हट्यो ‘कान्छी’, ‘कृ’ एक्लै आउने !

अन्तत: पछाडी हट्यो ‘कान्छी’, ‘कृ’ एक्लै आउने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अन्तत: वर्षकै ठुलो भिडन्तको रुपमा हेरिएको ‘कान्छी’ भर्सेज ‘कृ’ जुधाई टरेको छ । स्वेता खड्का अभिनित तथा निर्मित सिनेमाले आफ्नो रिलिज एक साता पछाडी धकेलेको छ ।

अब ‘कान्छी’ फागुन ४ मा पुगेको छ । अनमोल केसी स्टारर ‘कृ’ भने माघ २६ मै सार्वजनिक हुनेछ । जुध्दा दुवै सिनेमालाई घाटा र सिंगल रिलिज हुँदा दुवै सिनेमालाई फाईदा हुने देखिएपछी ‘कान्छी’ टिम डेट परिवर्तन गरेको हो । उसो त फागुन ४ मा छवीराज ओझा निर्मित ‘मंगलम’ पनि आउने चर्चा छ ।

आकाश अधिकारी निर्देशित सिनेमा गीत सार्वजनिक गरेसँगै चर्चा आएको हो । दयाहाङ राई र स्वेता खड्का फिचरिङ गीतले छोटो समयमै ५० लाख बढी भ्युज प्राप्त गरिसकेको छ । त्यस्तै भुवन केसीले नै निर्माण गरेको ‘कृ’ लामो समय देखिको प्रतिक्षारत सिनेमा हो । अनमोलको लामो समय ग्याप भएका कारण पनि ‘कृ’बाट सिनेमा क्षेत्र निक्कै आशावादी छ । छिट्टै सिनेमाको ट्रेलर रिलिज गरिने निर्माण टिमले बताउँदै आएको छ ।