BIG CLASH: अनमोल भर्सेज दयाहाङ, मंसीरमै ‘कृ’ ट्रेलर !

BIG CLASH: अनमोल भर्सेज दयाहाङ, मंसीरमै ‘कृ’ ट्रेलर !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अन्तत: अनमोल केसी स्टारर सिनेमा ‘कृ’को रिलिज डेट फाईनल गरिएको छ । निर्माण समय देखि नै अत्याधिक चर्चामा रहेको सिनेमा विभिन्न समस्याका कारण पुर्वनिर्धारित मितिहरुबाट धकेलिदै थियो । अब माघ २६ को डेटमा आएर आफ्नो रिलिज तय गरेको छ । सिनेमा रिलिज डेटको अफिसियल जानकारी निर्माता सुवास गिरीले दिएका छन् ।

‘‘कृ’ अहिले नेपाल छायाँकनको अन्तिम चरणमा छ । सोमबारबाट नेपाल छायाँकन सकिएसँगै हामि एउटा गीत सिंगापुर, मलेसिया या त इन्डोनेसिया मध्ये एक देशमा खिच्नेछौ । माघ २६ मै आउने गरि हामी सिनेमाको प्रचारमा जोड दिनेछौ । दर्शकका लागि खुसिको खबर: ‘कृ’को ट्रेलर मंसीर पहिलो साता सार्वजनिक हुनेछ ।’ धम्पुसबाट निर्माता गिरीले फोनवार्तामा ‘कृ’बारे जानकारी दिए ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा अनमोलसँगै अनुपविक्रम शाहीको पनि मुख्य भूमिका छ । यहिँ सिनेमाबाट अदिति बुढाथोकीले नेपाली सिनेमामा पाईला टेक्दैछिन् । सिनेमामा भुवन केसीको पनि लगानी छ । माघ २६ कै डेटमा दयाहाङ राई र स्वेता खड्का अभिनित ‘कान्छी’ पनि प्रदर्शनमा आउँदैछ । सिनेमा क्षेत्रले यो बक्सअफिस भिडन्तलाई वर्षकै ठुलो मानेको छ ।