विमानस्थलमा भेटिए ‘कृ’ परिवार ! (भिडियो)

विमानस्थलमा भेटिए ‘कृ’ परिवार ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘कृ’ रिलिजको लागि जम्मा हप्तादिन बाँकी छ । तर, रिलिजको मुख मै ‘कृ’ टिम स्कटल्याण्ड तर्फ हानिएको छ । ‘कृ’ निर्माता भुवन केसी, कलाकार अनमोल केसी र अदिति बुढाथोकी बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा मिडियाको क्यामरामा फ्रेमिङ भए ।

मिडियासँग बोल्दै यो टिमले सिनेमाको एक गीत छायाँकनको लागि स्कटल्याण्ड उड्न लागेको जानकारी दियो । अनमोलले भने ‘अदितिसँगको एक रोमान्टिक गीतको छायाँकन बाँकी थियो । दर्शकलाई उपहारस्वरूप राम्रो लोकेसनसहितको गीत स्कटल्याण्डमा छायाँकन गर्न जादैछौ । आशा छ दर्शकले रुचाउनु हुनेछ । र, हामि एक साता मै नेपाल फिर्नेछौ ।’

यी तीन कलाकारका अलावा अभिनेत्री जिया केसी, निर्देशक सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी, सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान र प्रोडक्सन हेड शंकर पाण्डे पनि स्कटल्याण्ड उडेका छन् । माघ २६ गते अलनेपाल रिलिज हुन् लागेको ‘कृ’लाई वर्षकै बहुप्रतिक्षित मानिएको छ ।