Exclusive: तिहारमा पुग्यो अनमोलको ‘कृ’ !

Exclusive: तिहारमा पुग्यो अनमोलको ‘कृ’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बर्षकै बहुप्रतिक्षित सिनेमा ‘कृ’को नयाँ रिलिज डेट तय भएको छ । यसअघी भदौ ८ मा रिलिज मिति घोषणा गरिएको सिनेमाको छायाँकन समयमै नसकिदा उक्त डेटबाट ‘कृ’ पछाडी धकेलिएको थियो ।

अब सिनेमा तिहारको अवसर पारेर कार्तिक ३ गते गोवर्द्धन/ गाई पुजाको  दिन रिलिज हुनेछ । ‘हामीले सिनेमा राम्रो बनाउनका लागी कुनै कसर बाँकी राखेका छैनौ । राम्रो बनाउन खोज्दा ‘कृ’ को छायाँकन मितिनै लम्बिन पुगेकोले हामि पुर्व निर्धारित समयमा सिनेमा रिलिज गर्न असमर्थ भएका हौ ।

यसअघी असोज ११ मा रिलिज गर्ने हामीले सोच मात्र बनाएका थियौ । तर, निश्चित भएको थिएन । असोज ११ मा हाईलाइट्स नेपालले नै राइट लिएको ‘छक्का पन्जा २’ रिलिज हुने  भएपछी   हाईलाइट्स नेपालको आग्रह मान्दै  हामिले कार्तिकमा पुर्याएका हौ ।’ निर्माता भुवन केसीले बताए । साथै अबको हप्ता दिनमा सिनेमाको फस्टलुक सार्वजनिक गर्ने गरिने छ ।

सुरेन्द्र पौडेलको निर्देशन छायाँकन भैरहेको यो सिनेमामा भुवन केसी र सुवाष गिरीको लगानी रहेको छ । सिनेमामा अनमोल केसी, अदिति बुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा रानाको पनि मुख्य भूमिका छ । चन्द्र पन्तको एक्सन रहेको सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् ।