काउन्टडाउन सुरु, ‘होस्टेल’ देखि ‘कृ’सम्म अनमोल

काउन्टडाउन सुरु, ‘होस्टेल’ देखि ‘कृ’सम्म अनमोल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी नेपाली बक्सअफिसका लिडीङ लिडर हुन् । यसमा कुनै सङ्कोच छैन । डेब्यु देखि अहिले पाँचौ सिनेमाको रिजल्टमा छन् अनमोल । पाँचौ सिनेमा ‘कृ’सम्म आईपुग्दा अनमोलले आफुलाई पर्दामा अझ पावरफुल बनाएका छन् । र, यसले पनि बक्सअफिसमा तुफान ल्याउने आँकलन गरिएको छ ।

प्राय: जसो लभर व्वायको भूमिकामा फिट रहने अनमोललाई ‘कृ’मा भने लभर व्वाय र एक्सन हिरोको रुपमा देख्न सकिनेछ । अनमोललाई एक्सन सुहाउदैन भन्नेलाई ‘कृ’ले अनमोल र नेपाली सिनेमाको एक्सनमा नयाँ आयाम थप्ने सम्भावना यसको ट्रेलरले देखाईसकेको छ । प्राय: एकै किसिमका एक्सन सिनेमाबाट दर्शक आजित भैरहेको समयमा अनमोलको एक्सनलाई स्वीकार्न ट्रेलरले आशाको ढोका खोलिदिएको छ । तर, पुरै सिनेमा नहेरेरै यसको मूल्यांकन अलि नसुहाउला ।

पाँच सिनेमा पाँच हिरोइन: डेब्यु सिनेमा ‘होस्टेल’मा प्रकृति श्रेष्ठ, ‘जेरी’मा आना शर्मा, ‘ड्रिम्स’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, ‘गाजलु’मा सृष्टि श्रेष्ठ र ‘कृ’मा अदिति बुढाथोकीसँगको पेयरिङ । र, सबै हिरोइनहरुका लागि डेब्यु सिनेमा हुन् । अहिले अनमोललाई आरोप छ, नयाँ हिरोइनसँग काम गर्दा उनीहरुको अभिनय अनमोल माथि हावी हुन् पाउदैन । त्यसैले अनमोल फरक-फरक सिनेमामा नयाँ हिरोइन भित्रयाउछन् । तर, अनमोल यो कुरालाई मान्न तयार छैनन् । किनकी, उनि भन्छन ‘हिरोइन छनोटमा मेरो कुनै पनि भूमिका रहदैन । कथा र निर्देशकले नै नयाँ हिरोइन माग्ने हो । तर, नयाँ हिरोइनको अडिसनमा कुन लिने भन्नेमा मेरो केहि प्रतिशत हात रहन्छ ।’

अनमोलको आगामी प्रोजेक्ट ‘क्याप्टेन’मा पनि नयाँ हिरोइन उपासना सिंह ठकुरीको नाम बाहिर आएको छ । उपासनाको बारेमा निर्माण टिमबाट आधिकारिक सुचना बाहिरिएको छैन । ‘क्याप्टेन’लाई ‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

ड्रिम्स र छक्का पन्जाको रेकर्ड चुनौती: अनमोलको करियरको कुरा गर्दा सर्वाधिक कमाउने सिनेमा ‘ड्रिम्स’ हो । बक्सअफिसमा प्रभावशाली अनमोलले ‘ड्रिम्स’को ७ करोड कलेक्सनलाई सजिलै तोड्ने सम्भावना भए पनि ‘छक्का पन्जा’को १६ करोड रेकर्ड तोड्न ‘कृ’को ‘वर्ड अफ माउथ’मा भर पर्नेछ । यदि सिनेमाको  ‘वर्ड अफ माउथ’ बलियो देखिएमा ‘छक्का पन्जा’ रेकर्ड तोड्न  ‘कृ’लाई सहज हुनेछ ।

माघ २६ बाट अलनेपाल: सुरेन्द्र पौडेल निर्देशित सिनेमा दश दिन पछी माघ २६ मा नेपाली सोलो रिलिज रहनेछ ।  भुवन केसी र सुवास गिरी निर्मित सिनेमामा अनमोलका अलावा अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘कृ’मा कथा र सम्पादन निर्देशक पौडेलकै छ । सिनेमामा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद छ ।