एक्सक्लुसिभ: बाहिरियो अनमोल केसीको ‘कृ’ क्लाइमेक्स लोकेशन ! (भिडियो)

एक्सक्लुसिभ: बाहिरियो अनमोल केसीको ‘कृ’ क्लाइमेक्स लोकेशन ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता अनमोल केसीको आगामी प्रोजेक्ट ‘कृ’ अहिले छायाँकनरत छ । नेपालमै छायाँकन भैरहेको सिनेमालाई निर्माण युनिटले गोप्य रुपमा खिचिरहेको छ ।

त्यसैले यो बहुप्रतिक्षित सिनेमाको कुनै पनि छायाँकन सामग्री बाहिरिएका छैनन् । सिनेमाको लागी अनमोल केसीको लुक्स अहिलेसम्म बाहिरिएको छैन । तर, द सिनेमा टाइम्सलाई यो सिनेमाको क्लाइमेक्स लोकेशनको एक्सक्लुसिभ भिडियो प्राप्त भएको छ ।

जुन भिडियोमा दर्शकले ‘कृ’को फस्टलुक स्वरुप केहि दृश्यहरु महशुस गर्न सक्नेछन् । हामिलाई प्राप्त भिडियो मध्ये केहि भिडियो भने निर्माण टिमको आग्रहमा हामीले प्रस्तुत गर्न असमर्थ छौ । जहाँ अनमोल केसीको लुक्स बाहिर नल्याउन निर्माण टिमले हरदम प्रयास गरेको बुझ्न सकिन्छ ।

सुरेन्द्र पौडेलले निर्देशन गरिरहेको सिनेमाको यो क्लाइमेक्स सिन करिव २७ लाखको बजेटमा खिचिएको छ । सुवाष गिरि र भुवन केसीको निर्माणमा बन्ने सिनेमाको लागत करिब २ करोड माथि पुग्ने आंकलन गरिएको छ ।

क्लाइमेक्सका लागि २५० केभी लाइट, ३ वटा क्यामेरा प्रयोग गरिएको वुझिएको छ । नेपालमा पहिलो पटक रेड ड्रागन, रेड इपिक र रेड म्याक्सले एकसाथ यो सिनेमा खिचिएको छ ।

यस्तै, सिनेमाको क्लाइमेक्स खिच्नका लागि १०० जनाको टिम १० दिनदेखि व्यस्त छन् । सिनेमामा अनमोल केसी, अदिति बुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा रानाको पनि मुख्य भूमिका छ । चन्द्र पन्तको एक्सन रहेको सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् ।