अनमोल र अदितिको ‘जानी नजानी माया’(भिडियो)

अनमोल र अदितिको ‘जानी नजानी माया’(भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाण्डौ –    युवा स्टार अनमोल केसी अभिनीत  बर्षकै प्रतिक्षित फिल्म  ‘कृ’ को दोस्रो गीत ‘जानी नजानी माया’ रिलीज भएको छ । ‘कृ’ को यस अघि सार्वजनिक गीत यती यती पानीले यती बेला सिनेमा बजारमा चर्चा पिटिरहेको बेला केहि दिन पहिले मात्रै निर्माण टिमले स्कटल्याण्ड पुगेर छायाँकन गरेको गीत  आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

स्कटल्याण्डमा खिचिएको गीतमा अनमोल र अदिती रोमान्टीक मुडमा देखिएका छन । सार्वजनिक गीतमा रोदित भण्डारीको स्वर, शब्द तथा संगीत रहेको छ । सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुति रहेको सिनेमामा भुवन केसी र सुवास गिरीको लगानी छ । सिनेमामा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष पाण्डेको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद छ ।फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।