सुरु भयो ‘कृ’को छायांकन

सुरु भयो ‘कृ’को छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । निर्माण घोषणाको लामो समय पछी फिल्म ‘कृ’ छायांकनमा उत्रिएको छ । फिल्मको सोमबार ललितपुरको सानेपामा रहेको इम्पेरियल अपार्टमेन्टबाट छायांकन सुरु भएको हो ।

छायांकन सुरु भएपनि फिल्मकी मुख्य कलाकार आदिती बुढाथोकी भने नेपाल छैनन् । फिल्मको लागि पहिलो सट अनमोल केसीले दिएका छन् । निर्माण पक्षका अनुसार सुरुवाती १५ दिन जति अनमोलको मात्र सेड्यूल रहेको छ ।

अदितिको सेड्यूल अहिले नरहेकाले उनि मुम्बईमा छन् । फिल्मलाई अहिले पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । सुरेन्द्र पौडेलले एक्सनकट गरिरहेको फिल्म  घोषणा भएदेखि नै चर्चामा छ । छायांकन सेटमा अनमोलका लागि दुई बडीगार्ड पनि उपलब्ध गराइएको छ । फिल्मको लागि क्यामेरा मुम्बई देखि ल्याउदा छायांकनमा ढिला भएको निर्माण युनिटले बताएको छ ।

भदौ ८ गतेलाई प्रदर्शन मिति तोकेको फिल्ममा अनमोल र अदितिसंगै अनुपविक्रम शाहीको पनि अभिनय रहनेछ । फिल्मको छायांकन नेपाल लगाएत कतारमा पनि गरिनेछ । यो फिल्मलाई सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मसले निर्माण गर्न लागेका हुन् ।