केकी अब निर्मात्री, बनाउँदै छिन् ‘कोहलपुर एक्सप्रेस’

केकी अब निर्मात्री, बनाउँदै छिन् ‘कोहलपुर एक्सप्रेस’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नायिका केकी अधिकारीले सिनेमा निर्माण गर्ने भएकी छिन् । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको औपचारिक घोषणा गरिएको हो । म्युजिक भिडियो निर्देशक बिशाल भण्डारीले निर्देशन गर्ने सिनेमाको नाम ‘कोहलपुर एक्सप्रेस’ रखिएको छ ।

कार्तिकको दोश्रो साताबाट छायाँकनमा जाने भनिएको उक्त सिनेमामा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तमाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराईको अभिनय रहने छ।

‘जुनकिरी आर्ट्स’को ब्यानरमा बन्न लागेको सिनेमामा केकी अधिकारी, भद्र बहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद चौलगाईको संयुक्त लगानि रहने छ । अर्जुन तिवारीले खिच्ने सिनेमालाई लोकेश बज्रचार्यले सम्पादन गर्ने छन्। सिनेमामा अर्जुन पोखरेल, कालिपसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत रहने छ ।