‘कोहलपुर एक्सप्रेस’ ट्रेलर रिलिज, तिन हिरोइन कमेडीरस

‘कोहलपुर एक्सप्रेस’ ट्रेलर रिलिज, तिन हिरोइन कमेडीरस

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केकी अधिकारी निर्मित/अभिनित सिनेमा ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर रिलिज भएको छ ।

विशाल भण्डारी निर्देशित सिनेमा कमेडी जानरामा निर्माण भएको हो । करिब २ घण्टा सिनेमाले पूर्ण मनोरंजन दिनेमा आफुले जिम्मा लिने निर्देशक भण्डारी बताए । ट्रेलर प्रेसमिटमा रिलिज गरिएको थियो । जहाँ मुख्य तिन अभिनेत्री उपस्थित थिए ।

२ मिनेट ५२ सेकेन्ड लामो ट्रेलरमा कमेडीरस भरिएको छ । प्रियंका कार्की र ऋचा शर्मा भिन्न भूमिकामा देखा परेका छन् । सिनेमामा तिर्सना नामकी युवती बनेकी ऋचाले, मोडल तिर्सना बुढाथोकीको बोल्ने लवज सिनेमामा प्रस्तुत गरिएको बताइन । उनले भनिन् ‘तिर्सनाको क्यारेक्टर चै होइन ।’

बैशाख १४ देखि अलनेपाल रिलिज हुने सिनेमामा केकी, प्रियंका र ऋचासँगै बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।

‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल/कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही/देवीलाल नयौपाने (पण्डित)/शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।