रमाइलो ‘कोहलपुर एक्सप्रेस’ पैसा असुल सिनेमा !

रमाइलो ‘कोहलपुर एक्सप्रेस’ पैसा असुल सिनेमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘कोहलपुर एक्सप्रेस’ले प्रेस शोमा तारिफ बटुलेको छ ।

आइतबार सम्पन्न प्रेस शोमा केहि सिनेकर्मी र सिनेपत्रकारले सिनेमा हेरे । हेरेका अधिकाँसले पैसा असुल सिनेमा बनेको प्रतिक्रिया दिए । हाँस्दाहाँस्दै सिनेमा सकिएको थाहै भएन अभिनेत्री करिश्मा मानन्धरले भनिन् ।

त्यस्तै निर्देशक आकाश अधिकारी र अभिनेत्रीद्वय श्वेता खड्का र बेनिशा हमालले पनि रमाइलो सिनेमा हेर्न पाएको प्रतिक्रिया दिए । प्रेस शोमा प्रतिक्रिया बुझ्न निर्देशक बिशाल भण्डारी, अभिनेत्री केकी अधिकारी र प्रियंका कार्की हल परिसरमा पुगेका थिए ।

शुक्रबार औसत व्यापार गरेको सिनेमाले शनिबार पिकअप लिएको थियो । सिनेमा हेर्ने जतिको प्रतिक्रियाले निर्मात्रीसमेत रहेकी केकी अधिकारीले आफु सन्तुष्ट रहेको बताइन । ‘हेर्ने जति सबैले अत्याधिक रुचाइदिनु भएको छ । यो भन्दा ठुलो खुसि के हुन् सक्ला र ? केकीले प्रतिप्रश्न गरिन् ।

एक बच्चा अपहरणको योजना कमेडी ढंगले बुनिएको सिनेमामा केकी र प्रियंकाका अलावा ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।

यस सिनेमामा अर्जुन पोखरेल/कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही/देवीलाल नयौपाने (पण्डित)/शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।

तस्विर: कुशल घतानी राई