भ्यालेन्टाइनमा केकीको उपहार (भिडियो)

भ्यालेन्टाइनमा केकीको उपहार (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केकी अधिकारीले निर्माण गरेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘अब मनसँग मन…’ बोलको रोमान्टिक गीत ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमिल जोडीको उपहारस्वरूप रिलिज गरिएको केकीले बताइन ।

अर्जुन पोखरेलको शब्द/संगीत, सुगम पोखरेल/अन्जु पन्तको  स्वर र गम्भीर बिष्टको कोरियोग्राफी रहेको गीतमा सिनेमाका मुख्य कलाकार केकी र विनोद न्यौपाने फिचरिङ छन् ।

बैशाख १४ गते प्रदर्शनमा आउने सिनेमाको ‘सीओ डब्ल्यु काउ’ बोलको गीत युट्युबमा हिट भैसकेको छ । ‘कोहलपुर एक्सप्रेस’मा विशाल भण्डारीको कथा/निर्देशन रहेको छ ।

केकी र विनोदका अलावा सिनेमामा ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ । अर्जुन तिवारीले खिचेको ‘कोहलपुर एक्सप्रेस’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

सिनेमाका निर्मातामा भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित) र शिवप्रसाद चौलागाई रहेका छन् ।