जापानमा बोल्ड एण्ड ब्युटिफुल

जापानमा बोल्ड एण्ड ब्युटिफुल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्सम काठमाडौँ – नेपालमा राम्रो व्यापार गरेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’को जापान प्रिमियर सम्पन्न भएको छ । शनिबार सम्पन्न शोमा अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी सबैको नजरमा परे ।

यी दुई अभिनेत्री कस्ट्युम डिजाइनर युवी थापाको डिजाइनमा उपस्थित थिए । प्रियंका रातो सर्ट गाउनमा थिइन् भने, केकी निलो फूल गाउनमा उपस्थित थिइन् । जुन पहिरनमा प्रियंका बोल्ड र केकी ब्युटिफुल देखिएका थिए ।

बिशाल भण्डारी निर्देशित सिनेमा ओभरसिज व्यापार अन्तर्गत अहिले जापानमा छ । सिनेमामा केकी र प्रियंकाका अलावा ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।

यस सिनेमामा अर्जुन पोखरेल/कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही/देवीलाल नयौपाने (पण्डित)/शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।