‘को बन्छ करोडपती ?’ मेरो लागी निकै चुनौती पुर्ण छ : राजेश हमाल

‘को बन्छ करोडपती ?’ मेरो लागी निकै चुनौती पुर्ण छ : राजेश हमाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बाग्मती र सकुन्तला पश्चात सिनेमाको पर्दामा नदेखिएका महानायक राजेश हमाल अब टेलिभिजनको पर्दामा देखिने भएका छन् । नोभेम्बरबाट एपीवान टिभीमा प्रशारण हुन लागेको ‘केविसी’को नेपाली संस्करण ‘को बन्छ करोडपति ?’ सञ्चालन गर्न लागेका उनले ‘बागमती’ र ‘सकुन्तला’ को नतिजापछि आफू सिनेमा छनौटमा संयमित भएको बताएका छन् । उनले चाँडै सिनेमामा देखिने पनि बताए ।

‘को बन्छ करोडपति ?’ को बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सिनेमाबाट केही समय टाढा रहनुको कारण खुलाए । ‘मलाई ‘बागमती’ र ‘सकुन्तला’ बाट निकै ठूलो आश थियो । दुई सिनेमाको नतिजापछि मैले सिनेमा छनौट गर्न हतार नगरेको अवश्य पनि हो ।’ आफूले निर्माण र निर्देशक गर्ने सिनेमाको धमाधम तयारी भइरहेको पनि उनले जानकारी दिए ।

सिनेमामा प्रियंका कार्की फाइनल गर्नुभएको चर्चा छ नी र? पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘अहिलेसम्म कलाकारको कुनै टुंगो लागेको छैन । अहिले स्क्रिप्ट फाइनल गर्ने तयारीमा नै छु ।’ उनले ‘को बन्छ करोडपति ?’ आफ्नो लागि चुनौतीपूर्ण रहेको बताए । ‘केविस’मा नेपाली फ्लेवर दिने प्रयास गर्नेछुु, उनले भने ।