माघे सक्रान्तिमा ‘किंग’को ब्यापार आक्रामक

माघे सक्रान्तिमा ‘किंग’को ब्यापार आक्रामक

द सिनेमा टाइम्स
0
Shares

बिहीवारबाट प्रदर्शनमा आएको तीन चलचित्रहरुले शुरुको दिनमा खासै राम्रो ब्यापार गर्न सकेन । शुक्रवारको दिनमा पनि चलचित्रको व्यापार सुस्त नै देखिन्थ्यो तर शनिवारको दिन सुपरस्टार निखील उप्रेती अभिनीत चलचित्र किंगले आक्रमक व्यापार गरेको छ ।

देशभरीनै राम्रो हल पाएको किंगले शनिवार काठमाडौंमा ७५ प्रतिशत अकुपेन्सि थियो भने काठमाडौं बाहिर पनि  सिनेमाको राम्रो व्यापार रहेको वितरक ले जानकारी दियका छन्  । चलचित्र किंग काठमाडौंको गोपी कृष्णमा कृष्ण हल हाउसफुल भएर अर्को एउटा हल समेत हाउसफुल भएको पाईयो । यता एक हजार ८ सिट क्षमता भएको अष्टनारायण हल हाउसफुल भएर टिकट नपाएको गुनासो फिल्म हेर्न आउने दर्शकहरुको थियो ।

दर्शकसँग संगै बसेर फिल्म हेर्न पुगेका कलाकारहरु निखील उप्रेती, अनुप विक्रम शाही र बेनिशा हमाल लगायत वितरक, निर्माता सिट नभएर भुँईमै बसेर फिल्म हेरेका थिए । गोपी कृष्णमा सुपरस्टार निखिलको  स्टारडम राम्रै देखियो । चलचित्रको प्रतिक्रियालाई लिएर निखिल उत्साहित भएको बताउछन् | उनका फ्यान एंव चलचित्र हेरेका दर्शकहरुले चलचित्र राम्रो भएको प्रतिक्रिया दिदै निखीललाई सबै जनाले उचालेका थिए ।

विहीवार र शुक्रवार पन्ध्र लाखको कारोवार गरेको किंगले शनिवार मात्रै पचास लाखको कारोवार गर्ने वितरक गोपाल कयास्थले दावी गरेका छन् । उता रेखा थापाको  व्यानरमा लगातार सफल चलचित्र निर्देशन गरीरहेका निर्देशक सवीर श्रेष्ठले निखीलको क्रेज र अहिलेको किंगको प्रतिक्रियालाई लिएर निकै खुशी तथा उत्साहित भएको बताए ।