‘म यस्तो गीत गाउँछु’ : ‘किन आजकल तिम्रो मन’ गीत सार्वजनिक (भिडियो)

‘म यस्तो गीत गाउँछु’ : ‘किन आजकल तिम्रो मन’ गीत सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘म यस्तो गीत गाउँछु’को प्रतिक्षित गीत ‘किन आजकल तिम्रो मन’ बोलको गीत सार्वजनिक गरिएको छ । सांगीतिक प्रेमकथामा बनेको सिनेमाको गीत अडियो रिलिज भएसँगै प्रतिक्षित बनेको थियो ।

यसअघि जुकबक्समा रिलिज गीतलाई श्रोताले रुचाईसकेका कारण पनि यो गीतको भिडियोलाई प्रतिक्षा गरिएको हो । अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीतमा बनेको गीतमा संगीतकार स्वयम् कै स्वर रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सिनेमाका दुई मुख्य पात्र पुजा शर्मा र पल शाह फिचरिङ भएका छन् ।

सुदर्शन थापा निर्देशित सिनेमा असार ३० मा रिलिज हुदैछ । ट्रेलर र गीतले गर्दा सिनेमा प्रतिक्षित बनेको छ । यो सिनेमामा पल र पुजासँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ ।