राइट एण्ड एसोसिएटको ब्राण्ड एम्बेसडरमा केकी अधिकारी

राइट एण्ड एसोसिएटको ब्राण्ड एम्बेसडरमा केकी अधिकारी

द सिनेमा टाइम्स
0
Shares

बिदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा दिँदै आएको राइट एण्ड एसोसिएटले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बेसडरमा अनुबन्धित गरेको छ । राइट एण्ड एसोसिएटले सेवा सुरु गरेको १६ औं बर्ष पुगेको अबसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा केकीलाई कम्पनीको ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । ‘बिदेशमा अध्ययन गरेर सीप र ज्ञान हाँसिल गरी देशलाई केही गर्न खोज्ने युवाहरुलाई राइटले सही बाटो देखाइदिएको छ’ केकीले भनिन- पुरानो र बिश्वसनीय कम्पनीसँग अनुबन्धित हुन पाउँदा मलाई खुसी लागेको छ ।’वनमन्त्री शंकर भण्डारीसमेत उपस्थीत सो कार्यक्रममा कम्पनीका निर्देशकद्वय परशुराम अधिकारी र निर्देशक बालचन्द्र भट्टराइले कम्पनीको स्थापना र १६ बर्षे यात्राका बारेमा जानकारी गराउनुभएको थियो । मुलतः अष्ट्रेलियामा अध्ययन गर्न जाने बिद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउने राइट्सले काठमाण्डौको पुतलीसडक र सिड्नीमा आफ्नो कार्यालय स्थापना गरेको छ । यसका शाखाहरु अष्ट्रेलियाको सिड्नी ,मेलवर्न र नेपालको पुतलीसडक र चितवममा रहेको छ ।