‘भारत’मा प्रियंकाको ठाउँमा क्याटरिना पक्का

‘भारत’मा प्रियंकाको ठाउँमा क्याटरिना पक्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड नायिका प्रिंयका चोपडाले आफु भन्दा ११ वर्ष कान्छा प्रेमी निक जोनाससँग विवाह गर्ने भनेर ‘भारत’बाट हात झिके पछि उनको सट्टामा अर्की नायिका क्याटरिना कैफले अभिनय गर्ने पक्का भएको छ ।

यसको पुष्टि सिनेमाका निर्देशक अलि अब्बास जफरले गरेका हुन् । केहि दिन पहिले प्रियंकाले सिनेमा छाडेको खबर सार्वजनिक भएको थियो । सिनेमामा क्याटरिना सलमानको जोडीको रुपमा देखिनेछिन् । उनले सिनेमाको सुटिङ सेप्टेम्बरबाट सुरु गर्नेछिन् ।

‘भारत’मा क्याटरिना अनुबन्धन भएकोमा आफु खुशी रहेको निर्देशकको भनाई रहेकोछ । ‘म सलमान र क्याटरिनासँग फेरि एकपटक काम गर्न पाउँदा अत्यन्तै उत्साहित छु। विगतमा पनि हाम्रो सहकार्यले राम्रो गरेको थियोए, अलिले भने।