बोल्ड र इन्टिमेट सिन सहित ‘कथा काठमाण्डु’ ट्रेलर रिलिज

बोल्ड र इन्टिमेट सिन सहित ‘कथा काठमाण्डु’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज १२ गते रिलिज हुने सिनेमा ‘कथा काठमाण्डु’को सार्वजनिक पहिलो गीतबाटै विवादित र आलोचित बनेको सिनेमा अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पनि रातको कुरा गीतको भिडियोमा जस्तै बोल्ड र इन्टिमेट दृश्यलाई विशेष स्थान दिइएको छ ।

सिनेमामा काठमाडौंमा आफ्नो जीविको पार्जनको लागी मुख्य पात्रले गर्ने संघर्षको कथा पेश गरिएको छ । जहाँ माया, प्रेम र जीवन भोगाईलाई तीन फरक कथा मार्फत प्रस्तुत गरिएको छ । ट्रेलरले काठमाडौंमा हुने तीन भिन्नभिन्न कथालाई देखाएको छ । यो सिनेमामा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।

संगीता श्रेष्ठले सिनेमाको निर्देशन गरेकी हुन् । कथा पनि उनकै हो । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले ‘रातको कुरा’ गीतमा इन्टिमेट सिन राख्नुको कारण ट्रेलरबाट प्रस्ट भएको बताइन् । सो दृश्य कथाको माग अनुसार नै गीतमा राखिएको उनको भनाई छ । अष्ट महर्जनको द्वन्द्व रहेको सिनेमाका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । सिनेमामा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।