‘कथा काठमाण्डु’ टिम मोफसल प्रचारमा

‘कथा काठमाण्डु’ टिम मोफसल प्रचारमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज १२ गतेबाट रिलिज हुने सिनेमा ‘कथा काठमाण्डु’ निर्माण टिम मोफसल टुरमा जाने भएको छ । संगीता श्रेष्ठले निर्देशन गरेको सिनेमा चर्चामा रहेको छ । यो सिनेमाको पहिलो गीत रातका कुरा रिलिज पश्चात निकै विवादीत बनेको थियो ।

भाद्र २२ बाट सुरु हुने मोफसल टुर अन्तरर्गत इटहरी , धरान , दमक , हेटौडा , नारायणगढ , बुटवल , दाङ र पोखरा लगायतका सहरमा पुगेर सिनेमाको निर्माण टिम काठमाडौं फर्किने छ । युनिट मोफसल टुर अन्तर्गत नै पथरी , धरान , चितवन र दाङ लगायतका स्थानका विभिन्न महोत्सवमा समेत सहभागी हुने कार्यक्रम रहेको निर्देशक श्रेष्ठले बताइन ।

काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ । सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।

आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विजय राइको लगानी छ । सिनेमालाई लुजा सिंहले खिचेका हुने भने मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको सिनेमाको कथा, पटकथा तथा संवाद निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।