‘कथा काठमाण्डु’को दोस्रो गीत रिलिज

‘कथा काठमाण्डु’को दोस्रो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – रातको कुरा बोलको गीतबाट विवादित बनेको सिनेमा ‘कथा काठमाण्डु’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जुन अनि तारा’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार प्रमोद अग्रहरी, प्रियंका कार्की, संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, पेक्षा अधिकारीलाई फिचर्ड गरिएको छ ।

दिपेश सुब्बाको संगीत रहेको गीतमा इशान सुब्बाको शब्द तथा सुगम पोखरेल स्वर छ । असोज १२ गते रिलिज हुने सिनेमाको निर्देशक संगीता श्रेष्ठले गरेकी हुन् । संगीताले नै यो सिनेमाको कथा लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो सिनेमामा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो ।

अष्ट महर्जनको द्वन्द्व रहेको सिनेमाका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त सिनेमामा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।