‘कथा काठमाण्डु’को शिर्ष गीत सार्वजनिक

‘कथा काठमाण्डु’को शिर्ष गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – पहिलो गीत सार्वजनिक भएसँगै विवादित बनेको सिनेमा ‘कथा काठमाण्डु’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अस्त व्यस्त काठमाडौंको परिवेशलाई गीतमा फोकस गरिएको छ । ‘धुलोमाण्डु’ बोलको गीतमा सुरज बिक्रम थापा बुलेट फ्लोको संगीत रहेको गीतमा हरीवंश आचार्यको स्वर छ । सिनेमाको गीतमा संगीतकार बुलेट फ्लोलाई फिचर्ड गरिएको छ ।

कथा काठमाण्डुको निर्देशन संगीता श्रेष्ठले गरेकी हुन् । विजय राईले निर्माण गरेको सिनेमाको कथा, पटकथा तथा संवाद संगीता आफैले तयार पारेकी हुन् । लुजा सिंहको छायांकन रहेको सिनेमामा तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको छ । यो सिनेमामा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।

अष्ट महर्जनको द्वन्द्व रहेको सिनेमाका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । सिनेमामा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।