‘कथा काठमाण्डु’लाई सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट !

‘कथा काठमाण्डु’लाई सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गीत रिलिजसम्गै विवादित बनेको सिनेमा ‘कथा काठमाण्डु’ सेन्सर पास भएको छ । सोमवार सिनेमा सेन्सर पास भएको हो । गीत र ट्रेलरमा समावेश गरिएको  केही सिन काट्न लगाएर बोर्डले पिजी सर्टिफिकेट दिएको हो । अब यो सिनेमा हेर्न १६ वर्ष मुनिकाले अभिभावकको साथमा मात्रै सिनेमा हेर्न पाउने छन् ।

चलचित्र विकास बोर्डले त तत्काल यूट्युबबाट ट्रेलर नहटाए कारबाही गर्ने भन्दै निर्माण टिमलाई पत्र समेत काटेको थियो । धेरैको पूर्वअनुमान थियो कि यो सिनेमाले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाउनेछ । उनले गीत र ट्रेलर हेरेर सिनेमाको मुल्यांकन गर्नेलाई बोर्डको सर्टिफिकेटले जवाफ दिएको बताइन् । ‘श्रीमतीको इच्छा विपरित यदी श्रीमानले शारीरिक सम्बन्ध राख्छ भने त्यो बलात्कार हो । सिनेमाले यही कथा बोल्छ । सिनेमामा कहिँ भल्गर सिन छैन’, निर्देशक श्रेष्ठले बताइन् ।विजय राइको निर्माणमा तयार भएको यो सिनेमामा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । सिनेमामा प्रियंका कार्की र प्रमोद अग्रहरीका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ । अष्ट महर्जनको द्वन्द्व रहेको सिनेमाका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । सिनेमामा मित्र डि गुरुङको सम्पादन रहेको छ । कथा काठमाण्डु असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ ।