‘कथा काठमाण्डु’ गीत रिलिज

‘कथा काठमाण्डु’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज १२ गतेबाट रिलिज हुने सिनेमा ‘कथा काठमाण्डु’मा समावेश ‘रातको कुरा’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका विच सिनेमाको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा गायिका इन्दिरा जोशी, प्रमोद अग्रहरी, प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । गीतमा काठमाडौंको रात्रीकालिन जीवनलाई प्रस्तुत गरिएको निर्माण टिमको भनाई छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट दृश्य समावेश गरिएको छ ।

प्रदिप वास्तोलाको संगीत रहेको गीतमा इन्दिरा जोशीको स्वर छ । संगीता श्रेष्ठले निर्देशन गरेको सिनेमालाई विजय राईले निर्माण गरेका हुन् । ‘कथा काठमाण्डु’मा अष्ट मर्हजनको द्धन्द्ध, मित्र डि गुरुङको सम्पादन, लुजा सिंहको छायांकन रहेको सिनेमाको कथा, पटकथा निर्देशक श्रेष्ठ आफैले तयार पारेकी हुन् ।

सिनेमामा प्रियंका कार्की र प्रमोद अग्रहरीका अलवा आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संजोग कोइराला, प्रेक्षा अधिकारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।