घोषणा भयो ‘कस्मिक लभ’

घोषणा भयो ‘कस्मिक लभ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार राजधानीमा नयाँ नेपाली सिनेमाको अफिसियल घोषणा गरिएको छ । बिएस बलामी र एस बलामीले संयुक्त्त रुपमा निर्देशन गर्ने ‘कस्मिक लभ’को अन्नपूर्ण होटलमा शुभमुर्हत पनि गरियो ।

मुभी मेकर्स प्रालिको व्यानरमा निर्माण हुने पहिलो सिनेमालाई सुरज प्रधानको प्रस्तुतिमा जे गौतमले लगानी गरेका छन् । निर्माता गौतमले मुभी मेकर्सको व्यानरको १० सिनेमा निर्माण गर्ने योजना रहेको बताए । सिनेमाको कार्यकारी निर्मातामा डिएन दाहाल छन् ।

सस्पेन्स लभस्टोरीमा निर्माण सिनेमा सिनेमामा दीया मास्के, अर्पण थापा, प्रशान्त ताम्राकार, रोविन तामाङ, राजाराम पौडेल, पुरन थापा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । भने यहिँ सिनेमाबाट रिजेन थापा र पुजन थापाले अभिनयमा डेब्यु गर्दैछन ।

असार ११ बाट छायाँकनमा जाने सिनेमामा शेखर ज्ञवालीको लेखन, श्रीकृष्ण बम मल्ल/बबूल गिरीको संगीत, विपिन मल्लको सम्पादन, बाबु शाहेबको एक्सन, सुरेश बज्राचार्यको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।