सुशील र बर्षाको ‘कारखाना’मा मौसमीको इन्ट्री (ट्रेलर)

सुशील र बर्षाको ‘कारखाना’मा मौसमीको इन्ट्री (ट्रेलर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार १६ लाई रिलिज मिती तय गरेको फिल्म ‘कारखाना’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा रोमान्स, एक्सन र पिडाका दृश्य चित्रित छन् । काठमाडौं आयोजित एक प्रेसमिटका बीच फिल्मको बारेमा जानकारी दिदै फिल्मको ट्रेलर र गीत देखाइयो । ट्रेलरमा लामो समयको अन्तराल पछी अभिनेत्री मौसमी मल्लको आगमन भएको छ ।

‘कारखाना’को बारेमा बोल्दै निर्देशक अमरदीप सापकोटाले फिल्मको टाइटल सुन्दा कुनै उद्द्योग धन्दाको बारेमा स्मरण हुने हुदा, सबैलाई ‘कारखाना’को अर्थ उद्योग धन्दा नबुझ्न आग्रह गरे । फिल्म भित्र ‘कारखाना’को अर्थ भिन्न रहेको र  उक्त सस्पेन्स थाहा पाउन हलसम्मै जानु पर्ने बताए । ‘कारखाना’को कथनिय अर्थ भिन्न बताए पनि निर्देशकले फिल्मको बारेमा त्यति खुलेर बोलेनन् ।

दयाराम दाहाल, सुशील पोखरेल र निर्देशक स्वयमको पटकथामा निर्मित फिल्ममा वर्षा सिवाकोटी, सुशील श्रेष्ठ, मौसमी मल्ल, जेविका कार्की, नविन लम्साल, विकाश उप्रेती लगायतका कलाकारको अभिनय छ । फिल्म सुदिप खड्का र अमर बज्राचार्यको लगानीमा बनेको हो ।