विद्यार्थी सहयोगार्थ ‘कारखाना’को च्यारिटी सम्पन्न

विद्यार्थी सहयोगार्थ ‘कारखाना’को च्यारिटी सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यहिँ शुक्रबार देखि प्रदर्शनमा आउँन लागेको सिनेमा ‘कारखाना’को च्यारिटी शो सम्पन्न भएको छ । सामाजिक संजाल फेसबुकको सक्रिय ग्रुप ‘वुमन्स रूम्स रिलोटेड’ले काभ्रेको एक विद्यालयका विद्यार्थीलाई झोला सहयोगार्थ च्यारिटी गरेको थियो ।

उक्त विद्यालयको लागि ३२० विद्यार्थीलाई झोला सहयोग गर्न उक्त च्यारिटी गरिएको संयोजक अनुष्का दाहालले जानकारी दिइन् । सम्पन च्यारिटी पछी सिनेमा हेरेका सबैले ‘कारखाना’ मन परेको प्रतिक्रिया दिए ।

च्यारिटीमा कलाकार सुशील श्रेष्ठ, वर्षा सिवाकोटी, वर्षा राउत, सन्जोग कोइराला निर्देशक अमरदीप सापकोटा उपस्थित थिए । दयाराम दाहाल, सुशील पोखरेल र अमरदीप सापकोटाले संयुक्त रुपमा लेखेको पटकथामा प्रेमका लागि घर छोडेकी एक युवतीको संघर्षलाई प्रस्तुत गरिएको छ ।

सुदिप खड्काको लगानी र अमरदीप सापकोटाको निर्देशन रहेको सिनेमामा सुशील र वर्षासँगै मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, विकास उप्रेती लगायतका कलाकारको अभिनय छ ।

तस्विर: उद्धव रसाईली