‘बेबो’ले शाहरुख र अक्षयसँग गर्दैछिन सिनेमा ?

‘बेबो’ले शाहरुख र अक्षयसँग गर्दैछिन सिनेमा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सैफअलि खानसँगको विवाह पश्चात बच्चाको आमा बनेकी करीना कपूर, ‘बेबो’को लागि कमब्याक सिनेमा ‘वीरे दि वेडीङ’ लक्की सावित भयो । प्राय: अभिनेत्री विवाह पश्चात बलिउडमा पुन: जम्न सकेका छैनन् । तर, करीनाको हकमा त्यो लागु नहुने भएको छ ।

पछिल्लो खबरलाई मान्ने हो भने ‘बेबो’ दुई सिनेमामा जोडिन लागेकी छन् । त्यो पनि शाहरुख खान र अक्षय कुमारको अपोजिटमा । स्रोतका अनुसार यी दुई अभिनेता फाइनल भएका सिनेमा करीनाले साइन गरिसकेकी छन् । तर, उनले अफिसियल रुपमा आवद्द भएको बताएकी छैनन् ।

शाहरुख राकेश शर्माको बायोपिक ‘सेल्युट’मा अभिनय गर्दैछन । ‘सेल्युट’मा पहिला आमिर खान र प्रियंका चोपडा खेल्ने भनिएको थियो । पछि विभिन्न् कारणबस यी दुई कलाकार सिनेमाबाट आउट भैसकेका छन् । अब सेल्युटमा करीना र शाहरुख लिड रोलमा रहनेछन । शाहरुख र करीना सन् २०११ को ‘रावन’ पश्चात सँगै देखिन लागेका हुन् ।

त्यस्तै अक्षय लिड रहने अनटाइटल सिनेमामा पनि बेबो फाइनल भएकी छन् । जुन सिनेमालाई करण जोहरले निर्माण र राज मेहताले निर्देशन गर्नेछन् ।

करीनाको ‘वीरे दि वेडीङ’ले ४ दिनमा ४२ करोड माथिको कलेक्सन गरिसकेको छ । करीनाले वर्षमा एउटा सिनेमा मात्र गर्ने र प्रोफेसनल/प्रसनल लाइफलाई ब्यालेन्स गरेर लैजाने बताएकी छन् ।