बेबोले लत्याएको रोल क्विनलाई

बेबोले लत्याएको रोल क्विनलाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘क्विन’को लोकप्रिय जोडी कंगना रनाउत र राजकुमार रावलाई लिएर निर्मात्री एकता कपूरले सिनेमा ‘मेन्टल हे क्या’ घोषणा गरिसकेकी छन् ।

सिनेमाका केहि पोस्टर पनि सार्वजनिक भैसकेका छन् । जुन पोस्टरमा कंगना र राजकुमारलाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ । सिनेमामा कंगना (क्विन) विचित्र भूमिकामा देखिदै छिन् । सिनेमाको चर्चा चुलिदै गर्दा यसको बारेमा नयाँ खुलासा भएको छ ।

बलिउड लाइफले कंगनाको रोल यस भन्दा अगाडी करीना कपूरलाई अफर गरिएको खुलासा गरिएको छ । उसले लेख्छ ‘२०१३ मा एकताले करीनालाई पहिलो पटक विचित्र चरित्रको लागि अप्रोज गरेकी थिइन् । करीनाको अपोजिट इमरान हास्मीलाई लिनेसमेत एकताको योजना थियो । सिनेमाको नाम पहिला ‘बत्तमिज दिल’ तय गरिएको थियो । तर, करीनाले सिनेमाको अफर अस्वीकार गरेपछी सिनेमा निर्माण नै रोकियो ।’

आखिर के कारण करिना उक्त रोल गर्न मानिनन् त ? स्रोत अगाडी भन्छ ‘करीना (बेबो)लाई सिनेमाको स्टोरीलाइन आफ्नो समयको भन्दा अगाडी लाग्यो । सिनेमामा धेरै बोल्ड सिनहरु थिए । आफ्नो रोल समयसापेक्ष नभएपछी करीनाले नम्रतापुर्वक एकताको अप्रोज ‘नाई’ भनेकी थिइन् ।’

प्रकाश कोवेलामुडीले निर्देशन गर्ने सिनेमाको पछी पुनर्लेखन गरियो । त्यसपछी ‘मेन्टल हे क्या’ नाम राखेर कंगनालाई अप्रोच गरियो । कंगनाले स्क्रिप्ट मन पराएपछी सिनेमा साइन गरिन् ।

कंगनालाई लिँदा अहिले एकतालाई सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । सबैले भनेका छन् ‘मेन्टल हे क्या’को लागि कंगना ‘ईज बेस्ट’ !