कपूर खानदानको दोस्रो पुस्ता अन्त्य, यस्तो छ तेस्रो पुस्ता !

कपूर खानदानको दोस्रो पुस्ता अन्त्य, यस्तो छ तेस्रो पुस्ता !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – डिसेम्बर ४ तारिखका दिन बलिउडका भेट्रान सिनेकर्मी शशि कपूरले सदाका लागि यो दुनियाबाट विदा भए । ७९ वर्षको उमेरमा मृगौला सम्वन्धि रोगबाट प्राण त्यागेका शशि को निधनलाई लिएर अहिले बलिउड शोकमा छ ।

शशिले बलिउड सिनेमामा झन्डै ६० वर्ष समर्पित गरे । शशि अभिनेतासँगै निर्देशक र निर्माता पनि हुन् । शशिको निधनसँगै बलिउडमा कपूर खानदानको दोस्रो पुस्ताको समाप्ति भएको छ । अब यी दुई पुस्तालाई दर्शकले छोडेर गएका कृतिमा सम्झनेछन् । स्वर्गीय पृथ्वीराज कपूरका कान्छा छोरा रहेका शशिका राज कपूर र शम्मी कपूर दाजुहरु हुन् । सन् १९८८ मा ६३ वर्षको उमेरमा राज र २०११ (७९) वर्षको उमेरमा शम्मीको निधन भएको थियो ।

बलिउडका अर्का प्रभावशालि अभिनेता ऋषि कपूर, राज कपूरका दोस्रा छोरा थिए । नातामा शशि, ऋषिका कान्छा काका र रणवीर कपूरका कान्छा हजुरबुवा पर्छन । रणवीर, ऋषिका एक मात्र छोरा हुन् । त्यस्तै शशि, करिना कपूर र करिश्मा कपूरका पनि कान्छा हजुरबुवा पर्छन । रणधीर कपूर पनि राज कपूरका छोरा भएका कारण शशि यिनका पनि कान्छा काका पर्छन ।

रणधीरका दुई छोरी करिना र करिश्मा नै हुन् । शशि कपूरका दुई छोरा करण कपूर, कुनल कपूर र एक छोरी संजना कपूर छन् । रणवीर र रिद्धिमा कपूर सहानी ऋषिका सन्तान हुन् । रणवीर, करिना र करिश्मा कपूर खानदानका चौथों पुस्तामा पर्छन ।

पहिलो पुस्ता:

पृथ्वीराज कपूर – बलिउडमा पहिलो इन्ट्री, (१९०६-१९७२), ६५ वर्षको उमेरमा निधन

त्रिलोक कपूर– वसेशवार्नाथ कपूरका दोस्रा छोरा (पृथ्वीराजका भाई) सन् १९८८ मा निधन

दोस्रो पुस्ता:

राज कपूर– पृथ्वीराजका जेठो छोरा (१९२४-१९८८) ६३ वर्षको उमेरमा निधन

शम्मी कपूर– पृथ्वीराजका माइला छोरा (१९३१-२०११) ७९ वर्षको उमेरमा निधन

शशि कपूर- पृथ्वीराजका कान्छा छोरा (१९३८-२०१७) ७९ वर्षको उमेरमा निधन

तेस्रो पुस्ता:

रणधीर कपूर- राज कपूरका जेठो छोरा (जन्म- १९४७) अहिले ७० वर्षका

ऋतु नन्दा नि- राज कपूरको जेठी छोरी (जन्म-१९४८) अहिले ६९ वर्षकी

ऋषि कपूर– राज कपूरका माइला छोरा (जन्म- १९५२) अहिले ६५ वर्षका

रिमा कपूर जैन- राज कपूरकी माइली छोरी

राजीव कपूर- राज कपूरका कान्छा छोरा (जन्म- १९६२) अहिले ५५ वर्षका

आदित्यराज कपूर- शम्मी कपूरका जेठा छोरा (जन्म-१९५६) अहिले ६१ वर्षका

करण कपूर- शम्मी कपूरका कान्छा छोरा (जन्म-१९६२) अहिले ५५ वर्षका

कुनल कपूर- शशि कपूरका छोरा

संजना कपूर- शशि कपूरकी छोरी (जन्म-१९६७) अहिले ५० वर्षकी