कमजोर कपिल र सन्नी, तर रेसमा को अगाडी ?

कमजोर कपिल र सन्नी, तर रेसमा को अगाडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – तिहारमा रिलिज भएका ‘गोलमाल अगेन’ र ‘सेक्रेट सुपरस्टार’को व्यापार पश्चात पुन: बलिउडमा खडेरी लागेको छ । यो बीचमा रिलिज भएका ६ सिनेमाले कमजोर व्यापार गरेका छन् ।

तिहारमा रिलिज भएका दुई सिनेमाले भारतीय बक्सअफिसमा टोटल २ सय ६७ करोड कमाई गरे । त्यसयता रिलिज भएका ६ सिनेमाको कारोबारो जम्मा ८९ करोड रह्यो । ‘तुम्हारी सुलु’ र ‘इत्तेफाक’ले लगानी सुरक्षित गरे पनि अन्य सिनेमा सुपरफ्लप बने ।

यस्तै डिसेम्बर १ मा रिलिज भएका कपिल शर्मा स्टारर ‘फिरंगी’ र सन्नी लिओनी स्टारर ‘तेरा इंतजार’ले पनि बक्सअफिसमा कमाजोर सुरुवात गरेका छन् । तर, बक्सअफिस रेसमा सन्नी भन्दा कपिल अगाडी देखिएका छन् । कपिलको सिनेमाले पहिलो दिन २ करोड भारुको ओपनिङ गर्दा सन्नीले ५० लाखमै चित्त बुझाउनु पर्यो । दुवै सिनेमालाई समिक्षकले कमजोर भनेका छन् ।

डिसेम्बर १ को मितिलाई बलिउडले निक्कै ठुलो आशाको रुपमा हेरेको थियो । किनकी यो मितिमा ‘पद्मावती’ रिलिज हुनेवाला थियो । विवादका कारण ‘पद्मावती’ प्रदर्शन रोकिए पछी यो मितिमा यी दुई सिनेमा प्रदर्शनमा आएका हुन् । अब २२ डिसेम्बरमा रिलिज हुने ‘टाइगर जिन्दा हे’ तर्फ बलिउडको नजर तेर्सिएको छ ।