अपूर्वले भने कंगनाले सिनेमामा गर्ने हर्कत आत्महत्या सरह !

अपूर्वले भने कंगनाले सिनेमामा गर्ने हर्कत आत्महत्या सरह !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड क्वीन कंगना रनावत यतीबेला सिनेमा ‘मणिकर्णिका’को सुटिङमा व्यस्त छिन् । यो सिनेमाबाट अभिनेता सोनु सुदले हात झिके पछि विवादमा तानिएको छ । सिनेमा छाडेपछि अभिनेता सोनु सुदले कंगनालाई महिला कार्ड नखेल्न चेतावनी दिएका छन् । यता बंगनाले भने सोनीलाई महिला निर्देशकसँग काम गर्न अस्वीकार गरेकाले सिनेमा छोडेको बताएकी थिइन् ।

अहिले यस्तो लाग्दैछ कंगना विवाद श्रृखंला अहिले रोकिने छाँटकाट छैन् । पछिल्लो समय यो विवादमा बलिउडका सिनेमा लेखक पनि कंगना विरुद्ध खनिएका छन् । उनले ट्वीटबाट कंगनालाई आफ्ना हर्कतहरूमा लगाम लगाउन सल्लाह दिदैं कंगनाले गर्दै आएका क्रियाकलाप आत्महत्या सरह हुने बताएका छन्। सिनेमा निर्देशक अपूर्व असरानीले कंगनाको बारेमा यस्तो अभिव्यक्ति दिएका हुन्। उनले कंगनाले सिनेमा निर्माणमा अड्को थाप्ने गरेको आरोप लगाएका छन् ।
अपूर्व कंगनाको पछिल्लो रिलिज ‘सिमरन’का लेखक हुन् ।

उनले कंगनाको क्यामरा पछाडि बसेर सिनेमामाथि हावी हुने शैली र आफूले भनेकै जस्तो गराउने जस्ता हर्कतहरू ‘हारा-किरी’ अर्थात आत्महत्या जस्तो भएको बताएका छन् । उनका अनुसार कंगनाको यस्तो हर्कतले उनलाई पछाडी धकेलिरहेको छ ।

शनिवार ट्वीट गर्दै अपूर्वले एक स्टारले फिल्मको ‘अपहरण’ गरिरहेको र टिमको मेहेनतलाई दबाउने उनको काम ‘हाराकिरी’को स्वरूप भएको बताए। यस्तो हर्कतले फिल्म बर्बाद हुने उनको भनाइ छ। ‘सिमरन’ फिल्मको समयमा लेखकले लेखेको फिल्म डार्क भएको र त्यसमा आफूले धेरै परिवर्तन गरेको बयान दिएकी थिइन । उनको यस अभिव्यक्तिबाट अपूर्व असन्तुष्ट रहँदै आएका छन्। त्यो समयमा पनि उनले लेखकिय स्वतन्त्रतामाथि हावी भएको भन्दै कंगनाको खुबै आलोचना गरेका थिए।