कंगना उर्फ डीभोर्सी ‘सिमरन’ ! (ट्रेलर)

कंगना उर्फ डीभोर्सी ‘सिमरन’ ! (ट्रेलर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनाउतले नारिप्रधान सिनेमामा खुलेरै अभिनय गर्छिन । त्यस्तैले पनि उनका प्राय सिनेमा नारी समवेदनासँग जोडिएका हुन्छन ।

कंगनाले ‘क्विन’ र ‘तन्नु वेड्स मन्नु रिर्टन्स’ जस्ता सुपरहिट सिनेमा दिईसकेकी छन् । कंगनालाई सिनेमा हिट बनाउँन कुनै स्टार अभिनेताको आवश्यक पर्दैन । कंगनाका सिनेमामा उनकै भूमिका सर्वाधिक पावरफुल हुन्छ । यो वर्ष रिलिज भएको ‘रंगुन’मा पनि कंगनाकै भूमिका पावरफुल थियो । साहिद कपूर र सैफअलि खान जस्ता स्टार भएपनि सिनेमा फ्लप बन्यो । तर, कंगनाले तारिफ बटुलिन ।

अब कंगना अभिनित ‘सिमरन’ रिलिज हुदैछ । सिनेमामा उनि डीभोर्सी गलको भूमिकामा प्रस्तुत भएकी छन् । सिनेमाको टिजर रिलिज भएसँगै ‘सिमरन’को चर्चा चुलिएको थियो । सबैलाई हेन्सल मेहताको सिनेमा ट्रेलरको प्रतिक्षा थियो ।

अन्तत: सिनेमाको ट्रेलर रिलिज भएको छ । बलिउड स्टारले बक्सअफिसमा खडेरी हालेको वर्ष के कंगनाले वर्षाउलिन त ?