‘कान्छि’ म्युजीकल नाइटमा बसन्तलाई लाइफटाइम ,बसुन्धरालाई सम्मान

‘कान्छि’ म्युजीकल नाइटमा बसन्तलाई लाइफटाइम ,बसुन्धरालाई सम्मान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाण्डौ –  निर्माणाधिन सिन्धुलाल्चोकको माझी बस्तीको सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काले आयोजना गरेको कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । मंगलबार साँझ दरबारमार्गको होटल अन्नपूर्णमा आयोजित उक्त साँझमा सिनेमाकर्मी, श्वेताश्री फाण्डेशनका सदस्यहरु,कान्छी टिम र सञ्चारकर्मी गरी करिब पाँच सय पाहुना उपस्थित थिए । सामाजिक सहयोगाको लागि गरिएको उक्त कार्यक्रममा श्वेताले वरिष्ठ नृत्य निर्देशक बसन्तकुमार श्रेष्ठलाई ५१ हजार रकम सहित लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मान गरिन् ।

यस्तै नेपालको पहिलो हाँस्य साम्राज्ञी बसुन्धरा भुषाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई विशेष सम्मान गरियो । अभिनेत्री भुषाल सम्मान ग्रहण पछि भावुक बन्दै मञ्चमै रोइन् । यता युवा सिनेमा सम्पादक भूपेन्द्र अधिकारी र माझी बस्ती निर्माणमा सक्रिय रुपमा लागि परेका यज्ञाराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो भने संगीतकार राजनराज सिवाकोटीलाई बाइक उपाहार दिइयो । संगीतकार सिवाकोटीले संगीत दिएको कान्छीको चरी चट्ट बोलको गीतले एक करोड बढी भ्युज पाए पछि उनलाई बाइक उपहार दिइएको हो । रेड कार्पेट कान्छी म्युजिकल नाइटमा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा अभिनेत्री अशिष्मा नकर्मी, जेविका कार्की, अभिनेता विनोद न्यौपाने र कोरियोग्राफरले विभिन्न हिट गीतमा आफ्नो प्रस्तुती दिए ।

अभिनेता तथा निर्देशक आकाश अधिकारी र नायिका मरिष्का पोखरेलको प्रस्तुती पनि हेर्न लायकको थियो । हाँस्य कलाकार जितु नेपाल र सन्दिप क्षेत्रीले उपीथीत पाहुनालाई खुबै हँसाए । धर्मेन्द्र सेवन, युवराज चौंलागाईं र माण्डवी त्रिपाठीले कान्छीको गीत गाए । हाँस्यव्यांग्य कवि शैलेन्द्र सिम्खडाले कविताबाटै हँसाए ।

श्वेताको निमन्त्रणामा बरिष्ठ अभिनेत्री भुवन चन्द, चैत्यदेवी सिंह,बरिष्ठ सिनेमाकर्मी नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, अभिनेत्री करिश्मा मानन्धर,अभिनेता दयाहाङ राई, पुर्व प्रधान सेनापति रुक्माङ्ग कटुवाल, डि.आइ.जी रमेश खरेल, तेक्वन्दो खेलाडी दिपक विष्ट, डा.भोला रिजाल लगायत वरिष्ठ व्यक्तिहरु उपस्थित रहेको थियो । श्वेताले सहभागी सबैलाई धन्यवाद दिदैं माझी बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु प्रति कृतज्ञता प्रकट गरिन् । श्वेताले निर्माण गरेको सिनेमा कान्छी फागुन ४ गते देखि प्रदर्शनमा आउँदैछ ।