सकियो श्वेताको ‘कान्छी’ छायाँकन

सकियो श्वेताको ‘कान्छी’ छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको सिनेमा ‘कान्छी’को सम्पूर्ण छायाँकन सकिएको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी वरपर खिचिएको सिनेमाको छायाँकन पचास दिनमा सकिएको हो । आकाश अधिकारीको निर्देशनमा तयार भएको सिनेमामा श्वेता र दयाहाङ राईको मुख्य भूमिका रहेको छ । सिनेमामा श्वेता र दयाहाङका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी भूमिका श्रेष्ठको पनि अभिनय छ ।

छायाँकन सकिए लगतै सिनेमाले आफ्नो प्रदर्शन मिति पनि तय गरिसकेको छ । सिनेमालाई माघ २६ गते देखि प्रदर्शनमा ल्याईने नायिका तथा निर्मात्री श्वेता खड्काले जानकारी दिएकी हुन् । पुरुषोत्तम प्रधानको छायाँकन रहेको ‘कान्छी’ मा शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत समावेश छ ।

श्वेता ‘कोहिनूर’ पछि केहि समयको विश्राम लिएर ‘कान्छी’ मार्फत सिनेमा निर्माण तथा अभिनयमा फर्किएकी हुन् । ‘कान्छी’ले गाउँको सोझी केटी पात्रको कथा बोल्नेछ ।