‘कान्छी’ ट्रेलर: कति सुहायो दया र श्वेताको जोडी ?

‘कान्छी’ ट्रेलर: कति सुहायो दया र श्वेताको जोडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई र श्वेता खड्का स्टारर सिनेमा ‘कान्छी’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरले सिनेमा गाउँले परिवेशमा निर्माण गरिएको आभास दिलाउछ ।

कमेडी प्रेमकथालाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । यम थापाले लेखेको सिनेमामा श्वेता खड्का र शैलेश खड्काको लगानी छ । सिनेमामा दयाहाङ र श्वेताका अलावा कामेश्वर चौरसिया, आशान्त शर्मा, निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

हिमाल पारीको जिल्लामा सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फागुन ४ लाई प्रदर्शन मिति तय गरेको सिनेमा रिलिज नजिकिदै गर्दा ‘कान्छी’को हाइप बढ्दो छ । ट्रेलरले सिनेमालाई अझ हाइप दिन सक्छ । यसअघि रिलिज भएका ‘कान्छी’का दुई गीत दर्शक माँझ लोकप्रिय भैसकेका छन् ।

काया फिल्मस्को व्यानरमा निर्मित सिनेमामा राजनराज सिवाकोटी/अर्जुन पोखरेलको संगीत, बनिष शाह/भुपेन्द्र अधिकारीको सम्पादन, हिमाल केसीको एक्सन, बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।