रिलिज अगावै ‘कान्छी’लाई करोड !

रिलिज अगावै ‘कान्छी’लाई करोड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ४ मा रिलिज हुने सिनेमा ‘कान्छी’लाई प्रदर्शन पुर्वनै सफलता मिलेको छ । करिब ३ महिना अघि मात्र युट्युबमा सार्वजनिक गरिएको ‘चरी चट्ट परि…’लाई १ करोड बढी पटक हेरिएको छ ।

युट्युबमा सार्वजनिक भएका गीतले सिनेमा रिलिज अगावै फाट्टफुट्ट मात्र यस्तो खालको सफलता हाँसिल गर्छन । त्यसमा ‘कान्छी’ पनि थपिएको छ । यो करोड भ्युज पाउने २० औं नेपाली गीत हो । राजनराज सिवाकोटी शब्द/संगीत र स्वर रहेको गीत अन्जु पन्तले पनि गाएकी छन् ।

साथै, संगीतकार राजनराजले लामो समय पछी युट्युब करोड क्लबमा इन्ट्री गरेका छन् । करोड भ्युज पाउने राजनराजको यो चौथों गीत हो । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा दयाहाङ राई, श्वेता खड्का, प्रज्वलसुजल गिरी र भूमिका श्रेष्ठले कम्मर मर्काएका छन् ।

आकाश अधिकारीले निर्देशन गरेको ‘कान्छी’ पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । ब्लकबस्टर ‘कोहिनूर’ पश्चात श्वेताले यसै सिनेमाबाट कमब्याक गर्दैछिन् ।

यम थापाले लेखेको सिनेमामा श्वेता खड्का र शैलेश खड्काको लगानी छ । सिनेमामा दयाहाङ र श्वेताका अलावा कामेश्वर चौरसिया, आशान्त शर्मा, निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

काया फिल्मस्को व्यानरमा निर्मित सिनेमामा राजनराज सिवाकोटी/अर्जुन पोखरेलको संगीत, बनिष शाह/भुपेन्द्र अधिकारीको सम्पादन, हिमाल केसीको एक्सन, बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।